Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यू–१९ ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सुरु

$
0
0

काठमाडाैं, १६ भदाै । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेशबहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । टुँडिखेल मैदानमा हुने प्रतियोगितामा मोफसलका २ टिम सहित १६ टोलीको सहभागिता रहने छ । नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दूई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेक्सस क्रिकेट एकेडेमी, ओमेगा कलेज, क्यानन क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’, राइजिङ ११, जिक क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ‘बी’ तथा समूह ‘ए’ मा पुुलिस स्कुल साङ्गा, केसीटीसी ‘ए’, नेक्सस ‘ए’, हिमालयन क्रिकेट एकेडेमी, मिड वेस्टर्न क्रिकेट क्लब कोहलपुर, टिम टाइटन्स वुटवल, रामारोशन क्रिकेट एकेडेमी र सगरमाथा क्रिकेट क्लब छन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैँया पाउने छ ।

विजेतालाई दिइने रकम राजश्री गुरुकुल स्कुल र उपविजेतालाई दिइने रकम ललितपुर इन्जिनियरिङ कलेजले प्रयोजन गरेको छ । प्रतियोगिता भाद्र २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

The post यू–१९ ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images