Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जर्मनीको कठिन जित

$
0
0

एजेन्सी, १७ भदाै। विश्वकप छनोट खेलमा जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको छ । निकै रोमाञ्चक खेलमा जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गराएको हो ।

खेलको चौथो मिनेटमा नै जर्मनीका लागि टिमो वर्नरले गोल गरेका थिए । एक गोलको अग्रता बनाएको जर्मनीको दबदबा रहेको खेलमा चेकले खेलको ७८ औ मिनेटमा बराबरी गोल फर्कायो ।

तर, खेलको ८८ मिनेटमा जर्मनीका लागि म्याट्स हमेलले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे । यो जितसँगै जर्मनीको अंक तालिकामा २१ अंक रहेको छ भने चेक रिपब्लिकको ९ अंक मात्र रहेको छ । दुवैले ७ खेल खेलिसकेका छन् ।

The post जर्मनीको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles