Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्तिम १० मिनेट माल्टालाई भारी पर्दा इङ्ल्याण्डको सानदार जित

$
0
0

एजेन्सी, १७ भदौ । शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले सानदार जित हात पारेको छ । माल्टाविरुद्धको खेलमा इङ्ल्याण्डले चार गोल गर्दै खेल जितेको हो ।

पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन । तर, दोस्रो हाफमा इङ्ल्याण्डका लागि ह्यारी केनले खेलको ५५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको अन्तिम १० मिनेट अति नै रोमाञ्चक बन्यो ।

इङ्ल्याण्डले यस अवधिमा तीन गोल गर्यो । रायन बट्राण्ड ८६ औ मिनेटमा गोल गरे । त्यस लगत्तै ९० औ मिनेटमा ड्यानी वेलबेकले तेस्रो गोल गरे । खेल सकिन केही मिनेट बाँकी रहँदा ह्यारी केनले चौथो गोल गरेका थिए । लामो सयम पछि इङ्ल्याण्डको यो सानदार जित हो ।

The post अन्तिम १० मिनेट माल्टालाई भारी पर्दा इङ्ल्याण्डको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles