एजेन्सी, १७ भदौ । आफू गर्भवती भएको बेला अर्कै महिलासँग उठबस गरेको थाहा पाएपछि इभर्टनका स्ट्राइकर रूनी पत्नी कोलिन रूनी निकै कुद्ध बनेकी छन् । आफ्ना पतिले लौरा नामकी महिलालाई अँगालो मारी चुम्बन गरेको र रक्सी सेवन गरी सवारी साधन चलाएको आरोपमा रूनीलाई प्रहरीले पक्राउ गरेपछि बिदा मनाउँदा मनाउँदै स्पेनबाट फर्किएको समाचारले जनाएका छन् ।
अर्कै महिलासँग कारमा हिडेको र उनलाई चुम्बन गरेको थाहा पाएपछि बिदा मनाउन स्पेन गएकी अचानक इङल्याण्ड फर्किकी हुन् । रूनीले अफिसमा काम गर्ने लौरा सिमसन नामकी महिलाको कार चलाएका थिए । ती महिलालाई अँगालो मारेर चुम्बन गरको खबर बाहिर आएको थियो । रूनीसँग मदिरा सेवन गरेपछि लौरा र रूनीले एकअर्कालाई चुम्बन गरेका थिए ।
कोलिन अहिले गर्भवती छन् । सन्तानसँगै बिदा मनाउन स्पेन पुगेकी कोलिन आफ्ना पतिको व्यवहारबाट रूष्ट बनेको समाचारले बताएका छन् ।
केही महिनादेखि रूनीले देखाएको व्यवहारले कोलिन तथा उनका साथीहरू चिन्तित बनेका थिए । यसभन्दा अघि बानी सुधार्न समेत भनेकी थिइन् ।
रूनीले रक्सी सेवन गरी तीव्रगतिमा कार चलाएपछि प्रहरीले शुक्रबार उनलाई पक्रेको थियो । एउटा स्थानीय बारमा डान्स गरेर फर्केपछि तीव्रगतिमा गाडी चलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई धरौतिमा रिहा गरिएको थियो । दोषी पाइएमा रूनीलाई जरीवाना गरिने र एक वर्षसम्म सवारी चलाउन प्रतिवन्ध गरिने समाचारले बताएका छन् ।
The post रूनीले अर्कै महिलालाई चुम्बन गरेपछि पत्नी रूष्ट appeared first on Sajha Post.