Image may be NSFW.
Clik here to view.
एजेन्सी, २८ भदौ । मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत ग्रुप बी अन्तर्गतको खेलमा पिएसजीले सेल्टिकलाई ५-० गोलले पराजित गरेको छ ।
यो सिजन निकै बलियो खेल सुरुवाती गरेको पिएसजीले सजिलै सेल्टिकलाई पराजित गरेको छ । यसै सिजन नियमार र बाप्पेजस्ता चर्चित खेलाडीहरु भित्राएको पिएसजीले च्याम्पिन्स लिगमा बलियो टोली भएको समेत प्रमाणित गरेको छ ।
पिएसजीका लागि नियमार, बाप्पेले एकएक गोल गरेका थिए । त्यस्तै इडिसन काभानीले दुई गोल गरे । एक गोल भने सेल्टिक खेलाडी माइकल लस्टिङले आत्मघाती गोल गरे ।
त्यस्तै यसै समुहमा रहेको वार्यन म्युनिखले एण्डरलिचलाई ३-० गोलले पराजित गरेको छ । बार्यनकालागि । रोबर्ट लिडोनोस्की, थियागो आलाकान्ट्रा र किमीचले एकएक गोल गरेका थिए ।
The post च्याम्पियन्स लिगः पिएसजीले हान्यो पाँच गोल, बार्यन म्युनिखले पनि जित्यो appeared first on Sajha Post.