काठमाडौं, २९ भदौ । एसीसी यू- १९ इस्टर्न रिजन प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ ।
यो नेपालको तेस्रो जित हो । सिंगापुरले दिएको ६८ रनको चुनौति नेपाले मात्र १३.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि सन्दिप सुनारले २० रनको योगदान दिए भने अनिलकुमार साहले १८ रन जोडे । त्यस्तै आशिफ शेख ६ रनमा पेभेलियन फर्के ।
सन्दिप जोरा र अमित महर्जन क्रमश: ७ र १० रनमा नटआउट रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा अलआउट भएको थियो । सिंगापुरलाई ६७ रनमा समेट्न पवन शर्राफले ६ विकेट लिए भने किशोर महतोले २ विकेट लिँदा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।
The post सिंगापुरलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश appeared first on Sajha Post.