Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडको सामु निरिह बन्यो रियल सोसिडाड

$
0
0

एजेन्सी, २ असोज । दुई खेल बराबरीमा समेटिएपछि निकै दबाबमा रहेको रियल मड्रिडलाई राहत मिलेको छ ।

आइतबार राति भएको स्पेनिस लिगमा रियलले रियल सोसिडाडलाई ३-१ गोलले पराजित गरेको छ ।

स्टार खेलाडी बेगर नै मैदानमा उत्रिएको रियलका लागि पहिलो गोल खेलको १९ औ मिनेटमा बोर्जा मोर्याजालले गरे ।

तर, सोसिडाडले खेलको २८ औ मिनेटमा बराबरी गोल फर्काए ।

केभिनले बराबरी गोल फर्काए पनि ३६ औ मिनेटमा उनले आत्मघाती गोल गर्दा पुनः रियलले अग्रता बनायो ।

रियलका लागि त्यसपछि चम्किए ग्यारेथ बेल । फ्यानहरुबाट आलोचित उनले काउन्टर अट्याकमा सानदार गोल गरे । यो जितसँगै रियलले ८ अंक जोडेको छ ।

The post रियल मड्रिडको सामु निरिह बन्यो रियल सोसिडाड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles