Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

काभानीले पेनाल्टी हान्न नदिएपछि नियमारले यसरी पोखे रिस

$
0
0

एजेन्सी, ३ असोज । यसै सिजन बार्सिलोनाबाट पिएसजी क्लब आएका नियमारको चर्चा निकै चुलियो । कारण थियो उनी विश्वकै सबैभन्दा महँगा खेलाडी बन्दै पिएसजीमा अनुबन्ध भए ।

नियमार पिएसजीमा आएपछि हरेक खेलमा सानदार प्रदर्शन खेल प्रदर्शन गरिरहेको छ । तर, लियोनविरुद्धको खेलमा त्यस्तो देखिएन । स्टार खेलाडी इडिसन काभानी, नियमार र ड्यानी एल्भेसबीच असमझदारी देखियो ।

लियोन विरुद्धको खेलमा पिएसजीले पेनाल्टी पाएको थियो । नियमार उक्त पेनाल्टी हान्न चाहन्थे तर काभानीले बल दिएनन् । काभानीले पेनाल्टी मिस गरे । डि एरिया बाहिर पिएसजीले फ्रिकिक हान्ने अवसर पायो ।

यहाँ ड्यानी एल्भेस काभानीलाई बल दिएनन् । नियमारको हातमा बल थमाइ दिए । पुरै खेलमा एउटा टोली देखिएपनि उनीहरुबीच व्यापक असमझादी देखियो ।

खेल सकिए लगत्तै नियमार काभानीलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । खेलकुद मिडियाहरुले यसलाई ठुलो समाचार बनाइ रहेका छन् ।

त्यस्तै लियोन मेस्सीसँगको भिडियोमा नियमारको भुमिका र पिएसजीसँग काभानीसँगको सम्बन्धबारे भिडियोहरु भाइरल भइरहेका छन् । यसले पिएसजीको खेलमा कस्तो प्रभाव पार्ने हो सबैको चासो बनेको छ ।

The post काभानीले पेनाल्टी हान्न नदिएपछि नियमारले यसरी पोखे रिस appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles