एजेन्सी, २३ असोज । विश्वकप छनोट खेल अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ५-१ गोलले पराजित गरेको छ । युवा खेलाडीहरुले भरिएको जर्मनी टोलीको सामु अजरबैजान निरिह देखियो ।
जर्मनीका लागि लियोन गोरेटजाले दुई गोल गरे । त्यस्तै सान्द्रो वागनर, एन्टोनियो रुडीगर र इम्री कानले एकएक गोल गरेका थिए ।
अजरबैजानका लागि एकमात्र गोल रामिल सेडेएभले गरे ।
सन् २०१८ मा हुने विश्वकपका लागि स्थान सुरक्षित बनाइसकेको जर्मनीले बलियो तयारी गरेको सन्देश दिएको छ ।
छनोट खेलमा जर्मनीले शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
The post जर्मनीको सानदार जित appeared first on Sajha Post.