Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इकार्दी ‘ह्याट्रिक हिरो’, इन्टर मिलानको सानदार जित

$
0
0

एजेन्सी, ३० असोज । आइतबार राति भएको इटालियन लिग सेरिया ए मा इन्टर मिलानले एसी मिलानलाई ३-२ गोलले पराजित गरेको छ ।

इन्टर मिलानका लागि नायक साबित भए इकार्दी ।

उनले खेलको २८, ६३ र ९० औ मिनेटमा गोल गरेका थिए । निकै नै रोमाञ्चक खेलमा एसी मिलानका लागि सुसोले खेलको ५६ औ मिनेटमा गोल गरेका थिए ।

इन्टरका सामिरले खेलको ८१ औ मिनेटमा आत्मघाती गोल गरेका थिए । यो जितसँगै इन्टर मिलान लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

८ खेल खेलेको इन्टरको २२ अंक रहेको छ । त्यस्तै एसी मिलानको १२ अंक रहेको । शिर्ष स्थानमा २४ अंकका साथ नेपोली रहेको छ ।

The post इकार्दी ‘ह्याट्रिक हिरो’, इन्टर मिलानको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles