काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ ।
मोङ कोकस्थित मिसन रोड मैदानमा लगातारको बर्षा नरोकिएपछि खेल रद्ध गरिएसँगै दुवै देशले एक एक अंक बाढे, परिणामतः २ खेल बाँकी छँदै नेपाल डिभिजन टूमा घटुवा भयो । घटुवासंगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । सो प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।
टाईफुन आँधिका कारण आइतबार स्थगित भएको खेल आजको लागि सारिएको थियो । तर सारिएको थियो तर, लगातार पानी परेपछि आईसीसीका प्रतिनिधि र अम्पायरले खेल नहुने घोषणा गर्दै दुबै टोलीलाई अंक प्रदान गरेका हुन् । च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलको समाप्तीमा ९ अंकका साथ छैटौं स्थानमा छ ।
समान खेलबाट १४ अंक जोडेको हङकङले तालिकाको चौथो स्थानमा रहेको छ । हङकङको डिभिजन वानमा छनौट सम्भावना प्रबल बनेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ । नेपालसँगै नामिबिया र युएईपनि डिभिजन टुमा घटुवा भईसकेका छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो, १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्याएको हङकङ चौथो र १२ अंक जोडेको केन्या पाँचौं स्थानमा छ ।
The post हङकङसँग अंक बाँडेसँगै नेपाल डिभिजन टूमा appeared first on Sajha Post.