Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘फिफा सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधिका लागि रोनाल्डो उपयुक्त पात्र हुन्’

$
0
0

एजेन्सी, ३१ असोज । यो वर्ष पुरुषतर्फ सर्वोत्कृष्ट फिफा वर्ष खेलाडीको उपाधि जित्ने होडमा विभिन्न खेलाडी रहेका छन् । विशेषगरी क्रिस्चिआनो रोनाल्डो, लियोनल मेस्सी र नेमारको नाम बढी चर्चामा आएको छ । तर यो उपाधिका लागि रोनाल्डो नै उपयुक्त पात्र भएको इटलीका प्रख्यात खेलाडी फ्रान्सेस्को टोटीले बताएका छन् ।

रोनाल्डो, मेस्सी र नेमारलाई अद्धितीय खेलाडी भएको भन्दै सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधिका लागि रोनाल्डो नै उपयुक्त पात्र भएको टोटीले बताएका हुन् । यो वर्षको समग्र उपलब्धी र क्षमतालाई हेर्दा रोनाल्डोले नै उक्त उपाधि उचाल्ने दावी उनले गरेका छन् । रोनाल्डोकै कारण रियल म्याड्रिडले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कप जितेको टोटीको भनाइ रहेको छ ।

‘उपाधिको होडमा रहेका ३ जनामध्ये रोनाल्डो नै सबैभन्दा अगाडि छन्,’ फिफा डट कमसँग कुरा गर्दै टोटीले भने ।

The post ‘फिफा सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधिका लागि रोनाल्डो उपयुक्त पात्र हुन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images