काठमाडौं, २ कात्तिक । हरेक देशका जनताले आफ्ना देशको राष्ट्रिय खेलाडीहरुको मासिक तथा वार्षिक तलबबारे चासो राख्ने गरेका छन् । नेपालमा पनि फूटबल र क्रिकेट खेलाडीहरुलाई विशेष चासोको साथ लिइँदै आएको पाइन्छ । केही वर्षअघि राष्ट्रिय खेलाडीहरुले खेलेरै जीविकोपार्जन गर्न धौ-धौ परेको खबरहरु समेत बाहिर आएको थियो । तर, अहिले भने त्यस्तो अवस्था कम भएको छ ।
त्यस्तै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एक वर्षमा कति तलब लिन्छन् भन्ने तपाईलाई लाग्न सक्छ । ‘क्रिकइन्फो’ले जारी गरेको एक सूचीअनुसार वर्षमा सबैभन्दा बढी तलब लिने क्रिकेट खेलाडीहरुको सूचीमा उनी तेस्रो स्थानमा छन् । शीर्षस्थानमा अष्ट्रेलियाली टिमका कप्तान स्टिभ स्मिथ छन् भने दोस्रो स्थानमा इंग्ल्याण्डका कप्तान जो रुट छन् ।
उक्त सूचीका अनुसार भारतीय क्रिकेट बोर्डले विराट एक वर्षको पारिश्रमिक ६ करोड ५१ लाख भारु तोकेको छ । विराटले यसबाहेक विभिन्न विज्ञापनलगायत इन्डियन प्रिमियर लिगमार्फत कमाई गर्ने गरेका छन् ।
The post कोहलीको एक वर्षको तलब कति ? appeared first on Sajha Post.