काठमाडौं, ६ कात्तिक । बार्सिलोनाले स्पेनिस फुटबल लिग ‘ला लीगा’मा मालागालाई २-० ले हराएर तालिकाको शीर्षस्थानमा आफूलाई सुरक्षित राखेको छ ।
बार्सिलोना क्लबले मालागाविरुद्ध पछिल्लो ६ खेलमा ४ मा जीत दर्ता गर्न सकेको थिएन । जेरार्ड डेयुलोफेउले टीमका लागि दोस्रो मिनेटमै पहिलो गोल गरे । त्यस्तै लियोनल मेसीको सहयोगमा आंद्रिया इनिएस्टाले ५६ औं मिनेटमा दोस्रो गोल गरे ।
खेलको शुरुआतमा डेयुलोफेउले लुकासको पासमा शानदार गोल गर्दै बार्सिलोनाका लागि खाता खोलेका खोले । यसपछि मालागाले खेलमा फर्कन कोशिश गरेपनि कुनै पनि गोल गर्न सकेन । यसैबीच मेसीले गोल गर्ने मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफसम्म बार्सिलोना १-० को स्थितिमा थियो । खेलको दोस्रो हाफमा इनिएस्टाले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्याउँदै जीत दिलाए ।
त्यस्तै अर्को एक खेलमा वेलेन्सियाले सेविलालाई ४-० ले पराजित गर्यो ।
The post मालागामाथि बार्सिलोनाको शानदार जीत appeared first on Sajha Post.