Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिड पछारियो, बार्सासँगको अंकदुरी झन् बढ्यो

$
0
0

एजेन्सी, १३ कात्तिक । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा सानदार कमव्याक गर्दा रियल मड्रिड २-१ गोलले पराजित भएको छ ।

यो जितसँगै ८७ वर्ष पछि जिरोनोसँग रियल पराजित भएको छ । पहिलो हाफमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको ५४ औ मिनेटमा क्रिस्टियन स्तुयानीले बराबरी गोल फर्काए । खेलको ५८ औ मिनेटमा क्रिस्टियन पोर्तुले दोस्रो गोल गर्दै जिरोनालाई अग्रता दिलाए ।

यो हारसँगै रियल बार्सिलोनाभन्दा ८ अंकले पछि परेको छ । यो रियलको सिजनको दोस्रो हार हो ।

The post रियल मड्रिड पछारियो, बार्सासँगको अंकदुरी झन् बढ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles