Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फिफा यु–१७ विश्वकपः स्पेनको लज्जास्पद हार, इङ्ल्याण्डले जित्यो उपाधि

$
0
0

एजेन्सी, १२ कात्तिक । भारतको कोलकातामा शनिबार राति भएको सत्र वर्षमुनिको फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले जितेको छ । फाइनलमा स्पेनलाई ५–२ ले हराउँदै इंग्ल्याण्डको उपाधि जितेको हो ।

दुई गोलको अग्रता बनाएको स्पेनको खेलले लय नसमात्दा इंग्ल्याण्डले खेलमा सानदार कमव्याक गरेको थियो । स्पेनका लागि सर्जिओ गोमेजले १० र ३१ औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० को अग्रता बनाएको थियो ।

तर, निराश बनेको इंग्ल्याण्डले आश लाग्दो खेल जारी राख्यो । खेलको ४४ औं मिनेटमा ब्रुस्टरले इंग्ल्याण्डका लागि एक गोल गर्दै खेलमा फर्कएको सकेंत दिए । ५८ औं मिनेटमा गिब्बास ह्वाइटको गोलबाट बराबरी गरेको इंग्ल्याण्डका लागि ६९ औं मिनेटमा फोडिनले गोल गर्दै ३–२ को अग्रता दिलाए ।

खेलको ८४ औं मिनेटमा गुइहीले गोल गर्दै अग्रता ४–२ मा पुर्‍याए । ८८ औं मिनेटमा फोडिनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ५–२ ले विजयी भयो र उपाधि आफ्नो पक्षमा पार्न सफल रह्यो ।

पहिलो हाफमा २-१ ले पछि परे पनि दोस्रो हाफमा ४ गोल गर्दै इंग्ल्याण्डले ऐतिहासिक जित हात पार्न सफल भएको छ ।

The post फिफा यु–१७ विश्वकपः स्पेनको लज्जास्पद हार, इङ्ल्याण्डले जित्यो उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles