एजेन्सी, १६ कात्तिक । रियल म्याड्रिडका स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले उक्त क्लबसँगको पूरानै सम्झौतालाई निरन्तरता दिने बताएका छन् । बुधबार राति भएको च्याम्पियन लिगमा टोटनहमसँग ३–१ गोल अन्तरले म्याड्रिड पराजित भएपछि रोनाल्डोले यस्तो बताउका हुन् ।
यसअघि क्रिश्चियानो रोनाल्डाले रियल म्याड्रिडसँग नयाँ सम्झौता गर्ने बताएका थिए । तर टोटनहमसँग ३–१ गोल अन्तरले उक्त क्लब पराजित भएपछि आफूले नयाँ सम्झौता नगर्ने बताएका हुन् । केही समयअघि मेस्सीले थप रकमसहित बार्सिलोनासँगको आफ्नो सम्झौतालाई नवीकरण गरेका थिए । त्यस्तै नेमारले अहिलेसम्मकै महँगो सम्झौता गरी पिएसजीसँग आवद्ध भएका थिए ।
रोनाल्डोले पनि मेस्सी र नेमारका हाराहारी हुने गरी नयाँ सम्झौता सर्ने समाचार बाहिर आएको थियो । तर टोटनहमसँगको लज्जास्पद हारसँगै रियल म्याड्रिडसँग नयाँ सम्झौता गर्ने आफ्नो सोंच बदलेको र पूरानै सम्झौतालाई निरन्तरता दिने बताएको समाचार माध्यमले बताएका छन् ।
The post रोनाल्डो भन्छन्- रियलसँग नयाँ सम्झौता गर्दिनँ appeared first on Sajha Post.