काठमाडौं, १८ कात्तिक । किर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट चयम्पियनसीप फूटबल अन्तर्गत युएइसँग नेपालले आज प्रतिष्ठाको खेल खेल्दैछ ।
समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ ।
नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो भने ठूलै सफलता हुनेछ । खेल आज साँझ पौने ५ बजे सुरू हुनेछ । नेपालले यसअघि कीर्गिस्तानसँग २–० को तथा बहराइनसँग ४–० को हार बेहोरेको थियो । समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।
The post प्रतिष्ठाका लागि युएइसँग नेपालको भिडन्त appeared first on Sajha Post.