एजेन्सी, २८ कात्तिक । विश्वकप छनोट अन्तर्गतकोे सोमबार राति भएको खेलमा पूर्व विश्वविजेता इटालीक स्वीडेजसँग गालरहित बराबरी खेल्दा विश्वकपबाट बाहिरिएको छ । सन् २०१८ मा रसियामा हुने विश्वकप खेल्ने इटालीको सपना चक्नाचुर भएको छ ।
यस अघिको खेलमा १–० ले अग्रता बनाएको स्वीडेनले इटालीलाई गोलरहित बराबरी रोक्न सफल भयो । समग्रमा स्वीडेनले खेल १-० ले जितेपछि इटाली आउट भएको हो । स्वीडेनले भने विश्वकपका लागि स्थान सुरक्षीत बनाएको छ ।
विश्वकपमा सबैभन्दा राम्रो इतिहास रहेको इटाली ६० वर्षपछि पहिलोपटक विश्वकप प्रतियोगितामा पुग्न असफल भएको छ ।
चारपटकसम्म विश्वकपको उपाधि जितेको इटालीले स्वीडेनविरुद्धको खेलमा भने धेरै राम्रा अवसरहरु गुमाएको थियो ।
The post इटाली आउट appeared first on Sajha Post.