Quantcast
Viewing all articles
Browse latest Browse all 7991

अन्तर्राष्ट्रिय फुटबलबाट बुफोनले पनि लिए सन्यास

Image may be NSFW.
Clik here to view.

एजेन्सी, २८ कात्तिक । सन् २०१८ मा रसियामा हुने विश्वकपमा छनोट हुन नसकेपछि इटालीका गोलरक्षक जियानलुइगी बुफोनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् ।

स्वीडेनविरुद्ध निराशाजनक खेल प्रदर्शन गरेको इटालीका लागि यो नै उनको अन्तिम खेल बन्न पुग्यो ।

स्वीडेनसँग पराजित भएपछि उनले रुदै भनेका छन्, ‘यो दुःखद समय हो । अरुभन्दा पनि यसले अब इटालियन फुटबलमा कस्तो असर पार्छ त्यो हेर्न बाँकी नै रहेको छ ।’

‘यो मेरो लागि मात्रै होइन । यो देशको फुटबलको भविष्यको कुरा पनि हो । देशका लागि महत्वपुर्ण रहेको यो अवसर हामीले दिलाउन सकेनौ ।’, उनले भने ।

दुई दशकदेखि फुटबल खेल्दै आइरहेका उनले इटालीका लागि १७५ क्याप जितेका थिए ।

सन् २००६ को विश्वकप उपाधि इटालीलाई जिताउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए ।

The post अन्तर्राष्ट्रिय फुटबलबाट बुफोनले पनि लिए सन्यास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles