Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एएफसी एसियन कप छनोट फुटबलः फिलिपिन्ससँग भिड्दै नेपाल

$
0
0
फाइल फोटो

काठमाडौं, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ । यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजित भएको थियो ।

चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ ।

The post एएफसी एसियन कप छनोट फुटबलः फिलिपिन्ससँग भिड्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles