काठमाडौं, २८ कात्तिक । एसीसी यू-१९ एसिया कपको समूह चरणको अन्तिम नेपालले मलेसियालाई पराजित गरेको छ ।
मंगलबार मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले दिएको ४६ रनको चुनौति नेपाली युवा क्रिकेट टिमले ५.३ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई जित दिलाउने क्रममा ओपनर अनिलकुमार साहले नटआउट २६ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १२ रन बनाएर पेभेलियन फर्के । आसिफ शेखले ४ तथा भीम सार्कीले ३ रन जोडे ।
यसअघि ब्याटिङ गरेको मलेसिया १५.३ ओभरमै ४५ रन बनाएर अलआउट भयो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए । अनिल कुमार साहले १ विकेट लिए ।
वर्षाका कारण खेल २४ ओभरमा घटाइएको थियो । मलेसियाका लागि कप्तान विरनदीप जगजित सिंहले १० रन बनाए । सइद मुबारकाले २० रन बनाएर आउट भए । यी दुई बाहेक मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियासँगको जितले नेपाल सेमिफाइनलमा पुग्ने बाटो खुलेको छ । जसका लागि नेपालले भारत र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
The post नेपालद्वारा मलेसिया ८ विकेटले पराजित appeared first on Sajha Post.