एजेन्सी, २९ कात्तिक । मंगलबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ गोलले पराजित भएको छ ।
दुई गोलको अग्रता बनाएपछि नाइजेरियाले सानदार कमव्याक गर्दै अर्जेन्टिनालाई पराजित गरेको हो । खेलेको २८ औ मिनेटमा एभर बनेगाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३६ औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे । दुई गोलको अग्रता बनाएको अर्जेन्टिनालाई कडा चुनौती दिएको नाइजेरियाका लागि खेलको ४५ औ मिनेटमा केलेची एलियानाछोले गोल फर्काएका थिए ।
त्यसपछि नाइजेरियाका लागि एलेक्स इओवीले ५२ औ मिनेटमा बराबरी गोल फर्काए । ब्रायनले खेलको ५४ औ मिनेटमा तेस्रो गोल गरे । खेलको ७३ औ मिनेटमा पुन एलेक्सले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
The post अर्जेन्टिनाको लज्जास्पद हार appeared first on Sajha Post.