एजेन्सी, २९ कात्तिक । फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोको रियल मड्रिड छोड्ने चाहना सार्वजनिक भएको छ । बेलायती पत्रिका द सनका अनुसार रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन् ।
रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफूले यो सिजनको अन्त्यसँगै क्लब छोड्न चाहेको बताएको स्पेनिस सञ्चार माध्यमले खबर लेखेका छन् । तर, सार्वजनिक रुपमा भने रोनाल्डोले आफू रियल मड्रिडमा खुशी रहेको बताउने गरेका छन् । तर, स्पेनिस टेलिभिजन एल चिरिन्गुइतोमा काम गर्ने पत्रकार एडु अग्युइरीले भने रोनाल्डो क्लबको अहिलेको अवस्था र नयाँ सम्झौताबाट रुष्ट रहेको स्पष्ट पारेका छन् ।
रोनाल्डोले क्लबका अध्यक्ष पेरेजलाई भेटेर आफूलाई सुहाउँदो मूल्यमा क्लब छोड्ने उपयुक्त वातावरण बनाइन दिन आग्रह गरेको तथ्य पनि बाहिरिएको छ । आफूलाई क्लबले दिनुपर्ने जति महत्व नदिएको रोनाल्डोले महसुस गरेको उनको गुनासो छ । उनले यही कारण आउँदो जुनको अन्त्यमा रियल मड्रिड छोड्ने चाहना रहेको सञ्चार माध्यमहरुले दावी गरेका छन् ।
The post रोनाल्डोको रियल मड्रिड छोड्ने चाहना सार्वजनिक, नयाँ सम्झौता गर्न अस्वीकार appeared first on Sajha Post.