Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इटालियन प्रशिक्षक भेन्टुरा बर्खास्त

$
0
0

एजेन्सी, ३० कात्तिक । सन् २०१८ मा रसियामा हुने विश्वकपकमा छनोट हुन नसकेपछि इटालीले प्रशिक्षक जियान भेन्टुरालाई बर्खास्त गरेको छ ।

विश्वकप छनोटको प्लेअफ खेलमा स्वीडेनसँग एक गोलले पराजित भएपछि इटालीको विश्वकप यात्रामा धक्का लागेको थियो । चापटककोे विश्वकप विजेता इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप खेल्न नपाउने भएको हो ।

प्रशिक्षक भेनटुरा यस अघि नै निकै दबाबमा रहेका थिए । एक गोलले पछि गरेको अवस्थामा इटालीले कस्तो खेल खेल्ने हो उनी गहिरो सोचमा रहेका थिए ।

तर, दोस्रो लिग चरणमा गर्न असफल भएपछि स्वीडेनले विश्वकपको यात्रा तय गर्न सफल भएको थियो ।

मिडिया रिपोर्टका अनुसार उनीसँग केही खेलाडीहरु रुष्ट समेत रहेका थिए । प्रशिक्षक एन्टोनियो कोन्टेले छोडेपछि उनले प्रशिक्षकको जिम्मा लिएका थिए ।

The post इटालियन प्रशिक्षक भेन्टुरा बर्खास्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles