Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अस्ट्रेलिया विश्वकपका लागि छनौट

$
0
0

एजेन्सी, ३० कात्तिक । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफको पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यस्तै गयराती भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया पनि विश्वकपमा छनोट भएको छ । पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३–१ को जित हाँसिल गर्दै रुसको टिकट काटेको हो ।

यो सँगै विश्वकप फुटबलमा एसियाली समूहबाट ५ राष्ट्रले सहभागिता जनाउने भएका छन् । यसअघि ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

The post अस्ट्रेलिया विश्वकपका लागि छनौट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles