एजेन्सी, १४ मंसिर । बुधबार राति भएको प्रिमियर लिगमा स्टोक सिटीलाई लिभरपुलले ३-० गोलले पराजित गरेको छ ।
यस खेलमा पनि चम्किए मोहमम्द सलाह र साइडो माने । खेलको १७ औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा मोहमम्द सलाहले खेलको ७७ र ८३ औ मिनेटमा सानदार गोल गरे । यो जितसँगै लिभरपुल २६ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ ।
त्यस्तै वायन रुनीले ह्याट्रिक गर्दा इभर्टनले वेस्टह्याममाथि ४-० गोलको सानदार जित निकालेको छ । वायन रुनीले खेलको १८ औ, २८ औ र ६६ औ मिनेटमा गोल गरेका थिए । खेलको ७८ औ मिनेटमा एस्ले विलियमले गोल गरेका थिए ।
The post लिभरपुल र इभर्टनको सानदार जित appeared first on Sajha Post.