Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः चेल्सी, आर्सनल र म्यान सिटीको सहज जित

$
0
0

एजेन्सी, १४ मंसिर । प्रिमियर लिगमा  आर्सनलले हडल्र्सफिल्ड टाउनलाई ५-० गोलले पराजित गरेको छ । आर्सनलका लागि ओलिभर जिरोर्डले दुई गोल गरेका थिए । एलेक्जेन्द्री लाकाजेट, मेसुट ओझिल र एलेक्सिस सान्चेजले एकएक गोल गरेका थिए ।

त्यस्तै चेल्सीले स्वान्सी सिटीलाई १-० गोलले पराजित गरेको छ । चेल्सीका लागि एकमात्र गोल एन्टोनियो रुडिगरले गरेका थिए ।

म्यानच्यास्टर सिटीले साउथह्याम्टनमाथि २-१ गोलको जित दर्ता गरेको छ । म्यान सिटीका लागि केभिन डि ब्रुने र रहिम स्टर्लिङले गोल गरेका थिए । साउथह्याम्टनका लागि एकमात्र गोल ओरिओल रोमलुले गोल गरेका थिए ।

The post प्रिमियर लिगः चेल्सी, आर्सनल र म्यान सिटीको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles