Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

$
0
0

काठमाडौँ, १४ मंसिर । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका  बिहिबार  सार्वजनिक भएको छ ।

खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स, विराटनगरको वारियर्स, भैरहवाको ग्लाडिएटर, पोखराको राइनोज र चितवनको टाइगर्स टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशि हो । यसअघि प्रधानमन्त्री कपको विजेताले २० लाख पुरस्कार पाएको थियो ।
रासस ।

The post इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles