एजेन्सी, १५ मंसिर । पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा स्पेनी ला लिगा क्लब रियल म्याड्रिडसँगको उनको अनुबन्ध थप चार वर्ष लम्बियो । आउने चार वर्षसम्म रियलले उनलाई बर्षेनी ५ करोड डलर दिनेछ ।
रोनाल्डोले नाइकसँग आजीवन अनुबन्ध गरेका छन् जुन १ अर्ब डलर बराबरको छ । गत वर्ष युरो २०१६ को उपाधि जितेयता पोर्चुगलले एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नाम नै रोनाल्डो राखेको थियो ।
उनको सीआर–सेभेन ब्रान्डका जुत्ता, अन्डरवेयर, जिन्स तथा होटलको शृङ्खला पनि छ । सामाजिक संजालमा उनका २७ करोड ५० लाख फलोअर छन् । सन् २०१७ मा उनको आम्दानी ९ करोड ३० लाख डलर हुनेछ ।
The post रोनाल्डोको कमाइ कति ! appeared first on Sajha Post.