एजेन्सी, १५ मंसिर । अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन् २०१४ मा फिलिप ह्यूजको निधनपछि आफूले सन्यास लिनुपर्ने खुलासा गरेका छन् । सन् २०१५ मा अन्तर्राष्ट्रिय रुपमा सन्यास लिएका उनले आफ्ना साथी क्रिकेटरको मृत्युपछि विक्षिप्त भएको बताए । सोही वर्ष अष्ट्रेलियाले विश्वकपको उपाधि जितेको थियो ।
माइकल क्लार्कले भने, ‘उक्त अप्रिय घटनापछि मैले कुनैपनि म्याच खेल्न हुँदैनथ्यो । किनकी फिलिप ह्यूजको मृत्युको पीडाबाट बाहिरिन मलाई निकै समय लागेको थियो ।’
उनले भने, ‘फिलिपको निधनले म निकै दुखी थिए तर मेरो परिवारप्रति र अष्ट्रेलियाको कप्तान भएको नाताले टीमप्रति मेरो जिम्मेवारी बढेको थियो । यसकारण म लामो समयसम्म दुखी भइनँ ।’
तपाईलाई यो बताऔं कि सन् २०१५ को एशेज श्रृंखलाको अन्तिम म्याचमा आफ्नो ११५ औं टेस्ट खेलेर माइकलले सन्यास लिएका थिए । अष्ट्रेलियाको तर्फबाट टेस्ट खेल्ने ह्यूजको निधन सन् २०१४ को नोभेम्बरमा घरेलु म्याचको क्रममा बलले लागेर भएको थियो ।
The post माइकल क्लार्कले भने- फिलिप ह्यूजको निधनपछि मैले सन्यास लिनुपर्थ्यो appeared first on Sajha Post.