Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल म्याड्रिड पराजित

$
0
0

काठमाडौं, ८ पुस । ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । रियललाई बार्सिलोनाले घरेलु मैदानमा पराजित गरेको हो ।

‘एल क्लासिको’ भनेर पनि चिनिने उक्त प्रतिस्पर्धामा ३–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । त्यस्तै ६४ मिनेटमा लियोनल मेसीले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए । बार्सिलोनाका लागि भिडालले खेलको अन्तिम मिनेटमा तेस्रो गोल गरेका थिए । यो जीतसँगै ३ अंक जोडी अंक तालिकाको शीर्ष स्थानमा छ । हालसम्म बार्सिलोनाले ४५ अंक जोडी सकेको छ । रियल म्याड्रिड भने ३१ अंक सहित चौथो स्थानमा छ ।

खेल शुरु भएको पहिलो हाफमा दुबै टिमका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए । तर दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि पहिलो हाफ ०-० को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा स्वारेज र मेसीको गोलसँगै  जीत हासिल गरेको छ । दोस्रो हाफमा रियलका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए तर कुनै पनि खेलाडी गोल गर्न नसकेपछि घरेलु मैदानमा रियल म्याड्रिड बार्सिलोनासँग ३–० गोल अन्तरले पराजित हुन पुगेको हो ।

The post ‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल म्याड्रिड पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles