एजेन्सी, ९ पुस । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एएफसी बोर्नेमाउथलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन अपराजित यात्रा कायम गरिरहेको सिटीका लागि सर्जियो अगुइरोले खेलको २७ र ७९ औ मिनेटमा गोल गरे ।
त्यस्तै रहिम स्टर्लिङले खेलको ५३ औ मिनेटमा गोल गरे । खेलको ८५ औ मिनेटमा ड्यानिलोले गोल गरे । यो जितसँगै सिटीको १९ खेलमा ५५ अंक भएको छ ।
उता म्यानचेस्टर युनाइटेडलाई लेइसेस्टर सिटीले झट्का दिएको छ । म्यानुले लेइसेस्टरसँग दुईदुई गोलको बराबरी खेलेको छ । जेम्स भर्डीको गोलमा अग्रता लिएको सिटीले धेरै बेर अग्रता टिकाइ राख्न सकेन ।
म्यानुका लागि जुएन माटाले खेलको ४० र ६० औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, खेल सकिन केही समय रहँदा ह्यारी मजइरीले बराबरी गोल फर्काए । खेलको ७३ औ मिनेटमा ड्यानियल अमार्ते रातो कार्ड खादै बाहिरिएपछि लेइसेस्टर १० जनामा सिमित भएको थियो ।
यो बराबरीसँगै म्यानुको १९ खेलमा ४२ अंक भएको छ । म्यान सिटीसँगको दुरुी १३ अंक पुगेको छ ।
The post प्रिमियर लिगः म्यान सिटीको सानदार जित, म्यानुलाई लेइसेस्टर सिटीले दियो अन्तिम मिनेटमा झट्का appeared first on Sajha Post.