एजेन्सी, ९ पुस । गएको सिजन सानदार खेल प्रदर्शन गरेको चेल्सी यस सिजन भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । चेल्सीले इभर्टनसँग गोलरहित बराबरी खेल खेलेको छ ।
पछिल्लो समय राम्रो खेल प्रदर्शन गरेको इभर्टनले चेल्सीलाई कडा टक्कर दिएको हो । चेल्सीको १९ खेलमा ३९ अंक रहेको छ ।
गएराति नै भएको अर्को खेलमा टोटनह्यामले बन्र्लीलाई ३-० गोलले पराजित गरेको छ ।
टोटनह्यामका लागि तीन गोल नै ह्यारी केनले गरेका थिए । उनले खेलको ७ औ, ६९ औ, ७९ औ मिनेटमा गोल गरेका थिए । यो जितसँगै टोटनहम अंक तालिकामा ३४ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ ।
The post प्रिमियर लिगः चेल्सी बराबरीमै सिमित, टोटनह्यामको सानदार जित appeared first on Sajha Post.