Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगका ६ रोचक पक्षहरु

$
0
0

एजेन्सी, ११ पुस ।  च्याम्पिन्यस लिगको सबैभन्दा धेरैपटक सेमिफाइनल खेल खेल्ने टोली बार्सिलोना हो । लगातार सन् २००७ देखि २०१३ सम्म बार्सिलोनाले सेमिफाइनलको यात्रा तय गरेको छ ।

च्याम्पियन्स लिगमा रेफ्रीहरुको नियुक्ति उनीहरुको अघिल्लो सिजनको खेलको प्रदर्शनले तय गरिन्छ । उनीहरुको फिटनेश लेभललाई पनि उत्तिकै महत्वका साथ लिने गरिन्छ । उनीहरुको उमेर पनि हदबन्दी रहेको छ । ४५ भन्दामाथिका रेफ्रीहरुलाई खेल खेलाउन दिइदैन ।

च्याम्पियन्स लिगको उपाधि जित्ने टोलीलाई १०.५ मिलियन पाउण्ड दिइन्छ । दोस्रो हुने टोलीले ६.५ मिलियन पाउण्ड, सेमिफाइनल र क्वाटरफाइनलको यात्रा तय गर्ने टोलीले ४.९ मिलियन पाउण्ड पाउने गर्छन् ।

च्याम्पियन्स लिगमा सबैभन्दा लज्जास्पद हार व्योहोने टोली केआर रेकजाभिक रहेको छ । सन् १९६९–७० मा फेनरउड क्लबसँग सम्रगमा १२–२ गोलले केआर रेकजाभिक टोली पराजित भएको थियो ।

च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी हुन् पिटर ओफोरि–ओउआइ रहेका छन् ।

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पटक छनोट हुने टोली पनि रियल मड्रिड रहेको छ ।

बार्सिलोनामात्र एउटा यस्तो क्लब हो जसले च्याम्पियन्स लिग सहित तीनवटा उपाधि जित्न सफल रहेको छ ।

The post च्याम्पियन्स लिगका ६ रोचक पक्षहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles