Quantcast
Viewing all articles
Browse latest Browse all 7991

माल्कोम किन्ने तयारीमा युनाइटेड

Image may be NSFW.
Clik here to view.

काठमाडौं, ११ पुस । जोसे माउरिन्होले २० वर्षीय माल्कोम फिलिप सिल्भा डे ओलिभियालाई आफ्नो क्लब म्यानचेष्टर युनाइटेडमा ल्याउने तयारी गरेका छन् ।

फरवार्ड माल्कोमलाई ४० मिलियन यूरोमा म्यानचेष्टर युनाटेडमा किन्ने तयारी गरेको हो । उनी युनाइटेडमा आएपनि जुन-जुलाईसम्म बोडोबाट नै खेल्ने समाचार माध्यमले जनाएका छन् ।

उनलाई म्यानचेष्टर ल्याउनुको मुख्य कारण  युनाइटेडका प्रशिक्षकका निकै प्रिय खेलाडी मानिनु हो । यूरोपियन फुटबलका लागि माल्कोम भविष्यमा उत्कृष्ट खेलाडी हुनसक्ने माउरिन्होले विचार राख्दै आएका छन् । यसैकारण आगामी जनवरीमा क्लबले उनीसँग सम्झौता गर्ने तयारी थालेको छ ।

तर, बोडोले उनलाई ५५ मिलियन यूरोमा बेच्न चाहेको र हिउँदभरी उनी बोडोबाटै खेल्ने बताइएको छ ।

The post माल्कोम किन्ने तयारीमा युनाइटेड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles