काठमाडौं, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहीबार जारी खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १३३ रनको चुनौति दिएको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा उत्रेको ललितपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाउन सफल भयो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सावाले उत्कृष्ट पारी खेले । उनले ३७ बलको सामना गर्दै ४२ रन जोडे । त्यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए । त्यस्तै शंकर रानाले १२ रन बनाउँदा सन्नी पटेलले २४ रनको योगदान दिए । १० रनमा सोनु तामाङ नटआउट रहे ।
अन्तिम ओभरमा दिपेश भण्डारी चम्केपछि ललितपुरले सम्मानजनक स्कोर खडा गरेको हो । उनले अन्तिम ओभरमा मात्रै २२ रन बनाए । उनले २ छक्का र २ चौका प्रहार गर्दै ९ बलमा २२ रन बनाए ।
भैरहवाका लागि पुनित मिश्रले २ विकेट लिए भने हरिशंकर साह, भुवन कार्की र आरिफ सेखले समान १ विकेट हात पारे । केही बेरमा भैरहवा जवाफी ब्याटिङमा उत्रँदैछ ।
आजको विजयी टीमले फाइनलमा विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
The post अन्तिम ओभरमा दिपेश चम्केपछि भैरहवालाई ललितपुरले दियो १३३ रनको चुनौति appeared first on Sajha Post.