एजेन्सी, १३ पुस । म्यान्चेष्टर सिटीलाई यो सिजनमा च्याम्पियन लिग जित्ने प्रबल दाबेदारको रूपमा हेरिएको छ । तर प्रशिक्षक पेप गार्डिओलाले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उक्त उपाधि हात पार्न कठिन भएको बताएका छन् ।
प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको सिटीले च्याम्पियन लिग जित्न सक्ने धेरैले अनुमान गरेका बेला गार्डिओलाको यस्तो भनाइ बाहिर आएको हो । बुधबार न्यु काशललाई हराए लगत्तै समाचारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘म्यान्चेष्टर सिटीले जित्ने संभावना कति छ?’ भनेर सोधिएको जवाफमा ‘मेसीले जुन टिमबाट खेल्छन् त्यही टिमले नै जित्ने संभावना बढी भएको’ भनेर उनले जवाफ दिएका थिए ।
पछिल्लो पटक म्यान्चेष्टर सिटी विश्वकै उष्कृष्ट क्लबको रुपमा उदाइरहेको छ । गत वर्ष च्याम्पियन लिग जितेको रियल म्याड्रिड र पिएसजीबीचको खेल बराबरीमा सकिएपछि म्यान्चेष्टर सिटीलाई यो सिजनमा उपाधि जित्ने प्रवल दाबेदारको रूपमा समेत हेरिएको छ ।
The post गार्डिओला भन्छन्- मेसीको टिमले नै च्याम्पियन लिग जित्न सक्छ appeared first on Sajha Post.