एजेन्सी, १४ पुस । पछिल्लो समय सर्वाधिक चर्चामा रहेका छन् लियोनल मेस्सी । खेलका कारण चर्चामा आएका थिए अब कमाइका कारण पनि चर्चामा आएका छन् ।
फोर्ब्सले प्रकाशित गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीको सूचीमा लियोनल मेस्सी शिर्ष स्थानमा छन् ।
फोर्ब्सले प्रकाशित गरेको रिपोर्ट अनुसार २०१७ मा मेस्सीले ८० मिलियन अमेरिकी डलर कमाएका हुन् ।
त्यस्तै यसै सिजन बार्सिलानाबाट पिएसजी गएका ब्राजिलियन स्टार नेयमार सूचीको पाँचौ स्थानमा रहेका छन् । फोब्र्सको रिपोर्ट अनुसार उनको कमाइ ३७ मिलियन रहेको छ ।
त्यस्तै सुचीमा रहेका अन्य खेलाडीहरुको कमाइ यस्ता छन् ।
सातौ स्थानमा रहेका अमेरिकी बास्केटबल खेलाडी कार्मेलो एन्थोनीको ३२.५ मिलियन डलर कमाइ रहेको छ ।
बेसबल खेलाडी मिगुएल क्याब्रेराको ९३०.३ मिलियन डलर कमाइ रहेको छ ।
अल्बर्ट पुजोल्सको २७.३० र रबिन्सन कानोको २६.६० अमेरिकी डलर कमाइका साथ क्रमशः आठ , नौं र दश स्थानमा छन् ।
The post सर्वाधिक कमाइ गर्ने ‘ल्याटिन अमेरिकी खेलाडी’ लियोनल मेस्सी appeared first on Sajha Post.