Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘बार्सिलोनामा ब्राजिलियन फुटबलरलाई खराब व्यवहार गरिन्छ’

$
0
0

एजेन्सी, १४ पुस । चर्चित फुटबल खेलाडी रोनाल्डोले बार्सिलोना क्लबमा ब्राजिलका फुटबलरलाई खराव व्यवहार गरिने गरेको बताएका छन् ।

बार्सिलोनाबाट नेमारको वर्हिगमनपछि ब्राजिलका अर्का खेलाडी फिलिपी कोटिन्युसँग बार्सिलोनाले सम्झौता गर्ने खबर चर्चामा रहेका बेला रोनाल्डोको यस्तो प्रतिक्रिया बाहिर आएको हो । आफू लगायत बार्सिलोनाबाट खेलेका रोनाल्डिनो, रोमारियो तथा नेमारले यस्तो व्यवहार भोगेको उनले बताएका छन् । ब्राजिलियन बुटबलरका लागि बार्सिलोनाभन्दा रियल म्याड्रिड धेरै राम्रो क्लब भएको समेत उनले बताएका छन् ।

‘म्याड्रिडमा हुँदा म निकै खुशी थिएँ र क्लबसँग मेरो धेरै राम्रो सम्बन्ध थियो,’ स्पोर्टे इन्टरेटिभोसँग कुरा गर्ने क्रममा रोनाल्डोले बताए । तर बार्सिलोनामा १ वर्ष खेल्दाको अनुभव त्यति राम्रो नभएको रोनाल्डोको भनाइ रहेको छ । ‘हामीले जति योगदान र परिश्रम गरे पनि क्लब (बार्सिलोना)ले खराव व्यवहार गरेको थियो,’ रोनाल्डोले थपे ।

The post ‘बार्सिलोनामा ब्राजिलियन फुटबलरलाई खराब व्यवहार गरिन्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles