Image may be NSFW.
Clik here to view.
एजेन्सी, १५ पुस । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोड्ने ‘मुड’ बनाएका छन् । रोनाल्डोले रियल मड्रिड छोड्न चाहेकोले अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलयन युरो तोक्न क्लबसँग आग्रह गरेको बेलायती पत्रिका डेलीरेकर्डलाई बताएका छन् ।
रोनाल्डोको रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्बन्ध चिसिएको चर्चा आइरहेको बेला रोनाल्डोले यस्तो इच्छा व्यक्त गरेका हुन् । एक बिलियन युरो रिलिज क्लबमा उनले सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौता गरेका थिए । उनले मड्रिडबाट पाउने पारिश्रमिक बार्सिलोनाबाट मेसी र पिएसजीका नेइमारको भन्दा कम हो । उनले पारिश्रमिक बढाउन गरेको आग्रहलाई क्लबले सम्बोधन गरेको छैन ।
रियल मड्रिड छाडेपछि कहाँ जानेबारे उनले प्रष्ट नपारेपनि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान सक्ने संकेत गरेका छ्न । रोनाल्डोले आफ्नोबारे आवश्यक परे दुवै क्लबलाई जानकारी दिन पनि रियल मड्रिडलाई आग्रह गरेका छन् । उनको एजेन्टले रोनाल्डोको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन् ।
नेइमारले आफू रियल मड्रिडमा आउन रोनाल्डो हटाउनुपर्ने शर्त राख्दा पनि उनलाई भित्र्याउने हल्ला चलेसँगै रोनाल्डो निराश थिए ।
यो पनि पढ्नुहोस्-
रोनाल्डोलाई हटाए रियल मड्रिड आउने नेइमारको चाहना सार्वजनिक
The post रियल मड्रिड छोड्न चाहन्छन् रोनाल्डो, एक सय मिलियन युरोको माग appeared first on Sajha Post.