Quantcast
Viewing all articles
Browse latest Browse all 7991

एट्लेटिकोले रियल मड्रिडलाई बराबरीमा रोक्यो, बार्सिलोनालाई फाइदा

Image may be NSFW.
Clik here to view.

एजेन्सी, २६ चैत । स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

रियलको घरेलु मैदान बर्नबाउमा भएको खेलमा अग्रता भने रोनाल्डोको गोलमा रियलले लिएको थियो ।

तर, रियलले अग्रता लिएको केही मिनेट पनि बित्न नपाउँदै एट्लेटिकोले बराबरी गोल फर्काएको थियो । एट्ेटिकोका लागि एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए ।

यस बराबरी खेलले भने बार्सिलोनालाई फाइदा पुगेको छ । ३१ खेल खेलीसक्दा एट्लेटिकोको ६८ अंक भएको छ भने रियलको ६४ अंक भएको छ । लिग लिडर बार्सिलोनाको भने ७९ अंक रहेको छ ।

यो बराबरी खेलले रियल भने अंक तालिकाको चौथो स्थानमा झरेको छ । उता भ्यालेनसियाले इस्पानियोललाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लेको छ । भ्यालेनसियाको ३१ खेलमा ६५ अंक रहेको छ ।

The post एट्लेटिकोले रियल मड्रिडलाई बराबरीमा रोक्यो, बार्सिलोनालाई फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles