Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमारको तुलना मेस्सीसँग गर्दै पेलेले यसो भने

$
0
0

एजेन्सी, २६ चैत । फुटबल लिजेण्ड पेलेले नेयमारबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले नेयमारको फुटबल खेल्ने शैली रोनाल्डोभन्दा मेस्सी जस्तो भएको बताएका छन् । ‘रोनाल्डोभन्दा पनि नेयमार मेस्सीजस्तो प्लेमेकर खेलाडी हो’, उनले भने ।

‘धेरैले नेयमारलाई रोनाल्डोसँग तुलना गर्ने गर्छन् तर मैले धेरै पटक नेयमार र मेस्सीको खेल्ने शैली एउटै भएको बताउँदै आएको छु ।’, उनले थप्दै भने ।

ब्राजिलका अर्का स्टार खेलाडी फिलिपिन्हो कोउटिन्होसँग रोनाल्डोको तुलना गर्दै उनले भनेका छन्, ‘रोनाल्डोजस्तै गोल गर्ने कला कोउटिन्होमा रहेको छ ।’

सिजनको अन्त्यतिर घाइते भएका नेयमार विश्वकप अघि नै चोटमुक्त हुने बताइएको छ ।

The post नेयमारको तुलना मेस्सीसँग गर्दै पेलेले यसो भने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles