Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

क्वाटरफाइनलमा ब्राजिल भर्सेस बेल्जियम

$
0
0

काठमाडौँ, १९ असार । विश्वकप रोमाञ्चक बन्दै गएको छ । सोमबार राति सम्पन्न खेलमा ब्राजिल र बेल्जियम विजयी हुँदै क्वाटरफाइनलको यात्रा तय गरे । अब क्वाटरफाइनलमा यी देशहरुबीच भिडन्त हुनेछ ।

ब्राजिलले मेक्सीकोलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने बेल्जियमले जापानलाई ३-२ गोलले पराजित गरेको थियो ।

विश्वकपको दाबेदार मानिएका यी दुई देशबीच क्वाटरफाइनलमा नै आमनेसामने हुने भएको हो ।

अब यी दुई राष्ट्रबीचको भेट यही शुक्रबार अर्थात् जुलाई ६ मा हुनेछ । क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्ससँग तथा रसियाले क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।

The post क्वाटरफाइनलमा ब्राजिल भर्सेस बेल्जियम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles