Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्याच प्रिभ्युः इंङ्ल्याण्ड भर्सेस कोलम्बिया, ह्यारी केन प्रमुख चुनौती

$
0
0

काठमाडौँ, १९ असार । विश्वकपको अन्तिम १६ को खेलमा आज अन्तिम खेल इंग्ल्याण्डले कोलम्बियासँग आमनेसामने गर्दैछ । नेपाली समय अनुसार यो खेल राति ११ः४५ बाट सुरु हुँनेछ ।

एकपटकको विश्वकप विजेता इंग्ल्याण्ड उच्च फर्ममा रहेको छ । इंग्ल्याण्डका स्टाइकर ह्यारी केनलाई रोक्न कोलम्बियाका डिफेण्डरहरुलाई मुस्किल पर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

कोलम्बिया पनि उच्च लयमा रहेको छ । पहिलो खेल जापानसँग गुमाएता पनि दुई खेल जित्दै समुह विजेता बनेको कोलम्बिया समुह जि को उपविजेता इंग्ल्याण्डसँग सामना गर्ने तयारीमा रहेको छ ।

इंग्ल्याण्डले पनि समुह चरणमा एक खेल गुमाएको छ । बेल्जिमयसँग पराजित खेलमा इंग्ल्याण्डले आफ्नो पहिलो टोलीलाई विश्राम दिएको थियो ।

यी दुई टोलीको प्रतिस्पर्धा हेर्ने हो भने इंग्ल्याण्डलाई हालसम्म कोलम्बियाले पराजित गर्न सकेको छैन । पाँच खेलमा इंग्ल्याण्डले तीन खेलमा जित र दुई खेलमा बराबरी नतिजा निकालेको छ ।

सन् २००५ मा भएको यी दुईदेशबीच रोमाञ्चक खेल भएको थियो । उक्त खेलमा इंग्ल्याण्डले कोलम्बियालाई ३-२ गोलले पराजित गरेको थियो । उक्त खेलमा माइकल ओवनले ह्याट्रिक गरेका थिए ।

सन् २००२ मा भएको विश्वकपमा इंग्ल्याण्डले कोलम्बियालाई २-० गोलले पराजित गरेको थियो । उक्त खेलमा डेबिड बेकह्याम र ड्यारेन एण्डरटनले गोल गरेका थिए ।

कोलम्बियाको पछिल्ला रेकर्डहरु खासै गतिलो रहेको छैन । नकआउट स्टेजमा पुग्नु पनि उसकोलागि उपलब्धि नै थियो । सन् १९९०, २०१४ र २०१८ मा नकआउट स्टेजमा पुग्न सफल भएको थियो ।

यी दुई देशका खेलाडीहरु विश्वकै प्रतिष्ठित क्लबबाट खेल खेल्दै आइरहेका छन् । कोलम्बियाका हामेस रोद्रिगेज, राधाम फाल्काओ, यारी मिना जस्ता खेलाडीहरु उच्च लयमा रहेका छन् ।

त्यस्तै इंग्ल्याण्डका लागि ह्यारी केन, जोर्डन हेण्डरसन, जेम्स भार्डी, डि अली जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् । विश्वकप जित्ने सपना देखेको इंग्ल्याण्डलाई पाखा लगाउने दाउमा कोलम्बिया रहेको छ ।

The post म्याच प्रिभ्युः इंङ्ल्याण्ड भर्सेस कोलम्बिया, ह्यारी केन प्रमुख चुनौती appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles