Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

गुफामा फसेकालाई रसिया विश्वकपमा निमन्त्रणा

$
0
0


लन्डन, (एजेन्सी), २३ असार । फिफाका अध्यक्ष जियानी इन्फेटिनोले थाइल्यान्डको गुफामा फसेका बच्चाहरु र उनका कोचलाई विश्वकप फाइनल हेर्न निमन्त्रणा गरेका छन् ।

थाइल्यान्डका ११ देखि १६ वर्षका फुटबल खेलाडी २३ जुनदेखि अँध्यारो गुफामा फसिरहेका छन् । टोलीसँगै कोच पनि फसिरहेका छन् । हराएको ९ दिनपछि ब्रिटेनका डाइभरहरुले उनीहरुको स्थान पत्ता लगाएका छन् ।

इन्फेटिनोले १५ जुलाईसम्म बाढीको पानी कम भएर फुटबल टिम बाहिर निस्कने विश्वास व्यक्त गरेका छन् । ‘वाइल्ड बोअर्सको टिमका खेलाडीलाई बचाउने छ र १५ जुलाईमा मस्कोमा हुने फाइनलमा उनीहरु उपस्थित हुनेछन्,’ इन्फेटिनोले विश्वास व्यक्त गरे ।

‘हामीलाई अपेक्षा छ कि छिटै उनीहरु आफनो परिवारसँग मिल्नेछ,’उनले थाइल्यान्डका फुटबल संघका प्रमुखलाई पठाएको पत्रमा लेखिएको छ, ‘यदि उनीहरुको स्वास्थ्य यात्रा गर्न सकिने अवस्था भएमा म उनीहरुलाई २०१८ विश्वकप फाइनलमा पाहुनाको रुपमा निमन्त्रणा गरेर खुशी हुनेछु ।’

बच्चाहरुको हाँसिरहेको तस्बिर र भिडियो जारी पनि गरिसकिएको छ । उनीहरु ज्यूँदै छन् भन्ने खबरले परिवारजन र संसार नै खुसी छ ।

The post गुफामा फसेकालाई रसिया विश्वकपमा निमन्त्रणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles