काठमाडौँ, १३ साउन । पिएसजीका स्टार खेलाडीहरु काइलिएन एमबाप्पे र नेयमारले आउन चासो नदेखाएपछि हाजार्डलाई अनुबन्ध गर्न खोजको रियल मड्रिडलाई चेल्सीले ठुलै झट्का दिएको छ ।
हाजार्डलाई रियलमा अनुबन्ध गर्न रियलले पछिल्लो समय ठुलै लबिङ गरिरहेको छ ।
चेल्सीले आफ्ना स्टार खेलाडीको मूल्य पनि महत्त्वकांक्षी नै राखेपछि रियलले यतिखेर किन्ने कि नकिन्ने दोधारमा रहेको छ ।
मिडिया रिपोर्टका अनुसार मिडियाका अनुसार चेल्सीले आफ्ना मुख्य हतियारका लागि रियलसँग २ सय मिलियन पाउन्डभन्दा बढी मूल्य माग गरेको छ ।
रियलले हाजार्डका लागि १ सय ३० देखि बढीमा १ सय ५० मिलियनसम्मको मात्रै तयारी गरेको बताइएको थियो ।
तर, चेल्सीको रियलको योजनाभन्दा निकै ठूलो रकम हाजार्डका लागि माग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
The post चेल्सीले माग गरेको हाजार्डको मुल्य सुनेर रियल आश्चर्यचकित appeared first on Sajha Post.