Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लियोनल मेस्सी रोमा आउने भए टोट्टी विमानस्थलमा नै लिन जाने

$
0
0

काठमाडौँ, १४ साउन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड क्लब छोड्लान् भनेर कमैले सोचेका थिए । उनले सबैलाई आश्चर्य चकित पार्दै इटालीयन युभेन्ट्स गए ।

मिडिया रिपोर्टका अनुसार उता लियोनल मेस्सीलाई इटालियन क्लब रोमाले किन्ने हल्ला चलिरहेको छ । यस्तै हल्ला चलिरहँदा इटाली तथा रोमाका लिजेण्ड खेलाडी फ्रान्सिसस्को टोट्टीले मेस्सीबारे टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘यदि स्टार खेलाडी मेस्सी इटाली आए भने म सम्मानमा उनलाई लिन आफैं एयरपोर्ट जानेछु ।’

केही दिन अघि रोमाका निर्देशकले मेस्सीलाई किन्ने बताएका थिए ।

उनले भनेका छन्,’मेस्सी बार्सिलोना छाडेर इटाली आउने सम्भावना निकै कम रहेको छ । तर, पनि यदी उनी आउने भए भने मेरो खुसीको सिमा हुनेछैन ।’

उनले थप्दै भने, ‘जहाँसम्म मलाई लाग्छ मेस्सीले बार्सिलोनामा नै आफ्नो सन्यास लिन सक्नेछन् ।’

The post लियोनल मेस्सी रोमा आउने भए टोट्टी विमानस्थलमा नै लिन जाने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles