एजेन्सी, ७ असोज । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्सह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
म्यानुको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि म्यानुले नै लिएको थियो ।
खेलको १८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा वुल्भ्सले सानदार खेल खेल्यो । खेलको ५३ औं मिनेटमा वुल्भ्सका जोओ मौटिंहोले बराबरी गोल फर्काए ।
म्यानुले खेलमा फर्कन धेरै नै प्रयास गरेको थियो । तर, गोल गर्न भने सकेन ।
यो बराबरीसंगै युनाइटेडले ६ खेलबाट १० अंक जोडेको छ । दुई खेल पराजित भएको म्यानुले यस सिजन कठिन यात्रा गर्नुपर्ने अनुमान गरिएको छ ।
त्यस्तै गएराति नै भएको खेलमा टोटनहमले बाइटन एण्ड होभ हेल्भियनलाई २-१ गोलले पराजित गरेको छ । टोटनहमका लागि ह्यारी केन र इरिक लामेलाले एकएक गोल गरेका थिए भने ब्राइटनका लागि एन्थोनीले गोल गरे ।
The post म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, टोटनहमको कठिन जित appeared first on Sajha Post.