Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः इन्टर मिलान भर्सेस बार्सिलोना

$
0
0

काठमाडौँ, २० कात्तिक । च्याम्पियन्स लिगमा बार्सिलोनाले आगामि खेल इन्टर मिलानसँग खेल्दैछ ।

समूह चरणको तेस्रो खेलमा घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले इन्टरविरुद्ध २–० गोलको जित दर्ता गरेको थियो । राफिन्हा तथा जोर्डी अल्बाको गोलमा बार्सिलोना विजयी भएको थियो तर, अबको खेलमा भने बार्सिलोनाले इन्टरको घरेलु मैदान सान सिरोमा प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनालाई कडा टक्कर दिने दाउमा इन्टर मिलान रहेको छ ।

लियोनल मेस्सी घाइते भएका कारण खेल्न नसक्ने भएपछि बार्सिलोनाको मनोबल कमजोर भएको र इन्टर मिलानले ऐतिहासिक जित हात पार्ने इटालियन प्रशिक्षकले बताएका छन् ।

च्याम्पियन्स लिगको समूह ‘बी’मा रहेको बार्सिलोना तथा इन्टर मिलानको ६ अंक रहेको छ भने अपराजित बार्सिलोनाको ९ अंक रहेको छ । बार्सिलोनासँग समान अंक बनाउन पनि इन्टर मिलानलाई जित्नै पर्ने दबाब रहेको छ ।

त्यसैले दुबै टोलीले एकले अर्कोलाई पछि पादै अझैअग्रता कायम गर्न चाहने भएको कारणले गर्दा खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित रहेको छ ।

The post च्याम्पियन्स लिगः इन्टर मिलान भर्सेस बार्सिलोना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images